नदीमा डुबेर लमजुङमा विद्यार्थीको मृत्यु
लमजुङ, फागुन २५ : पौडी खेल्ने क्रममा नदीमा डुबेर लमजुङ एक विद्यार्थीको मृत्यु भएकाे छ।सुन्दरबजार नगरपालिका–९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा सोही नगरपालिकास्थित फ्युचर स्टार माविमा अध्ययनरत...
लमजुङ, फागुन २५ : पौडी खेल्ने क्रममा नदीमा डुबेर लमजुङ एक विद्यार्थीको मृत्यु भएकाे छ।
सुन्दरबजार नगरपालिका–९ सिउडिवारस्थित मर्स्याङ्दी नदीमा सोही नगरपालिकास्थित फ्युचर स्टार माविमा अध्ययनरत सोही विद्यालयको होस्टेलमा बस्ने तनहुँ भानु नगरपालिका-९ बाईसजागर घर भएका १८ वर्षीय सनिस श्रेष्ठको मंगलबार दिउँसो डुबेर मृत्यु भएको प्रहरिले जनाएकाे छ।
अन्य दुईजना साथीसँग मिलेर नदीमा पौडी खेल्ने क्रममा सनिस श्रेष्ठ डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उक्त नदीमा उनको शव फेला पारेको हो।
सोही विषयलाई लिएर मृतकका आफन्तहरूले विद्यालयमा ढुंगामुढा गर्दा बिद्यालयको गेट, एउटा बस र एउटा जिपमा क्षति भएको छ भने चारजना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।












