Kathmandu Press

रक्षा संवाददाताको ६ दिने अभिमुखीकरण कार्यक्रम इटहरीमा सुरू

काठमाडाैं, फागुन २५ : नेपाली सेना र सञ्‍चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेसागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्यले...
रक्षा संवाददाताको ६ दिने अभिमुखीकरण कार्यक्रम इटहरीमा सुरू

काठमाडाैं, फागुन २५ : नेपाली सेना र सञ्‍चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेसागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी रुपमा अगाडि बढाउने उद्देश्यले ६ दिने अभिमुखीकरण कार्यक्रम सुरू गरिएको छ।

आज (बिहीबार) बाट सुरु भएको कार्यक्रममा विभिन्न सञ्‍चार माध्यमका तीन महिलासहित २४ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको नेपाली सेनाले जनाएको छ। श्री पूर्वी कमाण्ड हेडक्वार्टरअन्तर्गत श्री नम्बर २ बाहिनी अड्डा इटहरीमा सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रम फागुन ३० गतेसम्म चल्नेछ। 

Hardik ivf

बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश देउजाले प्रहिलो प्रवचन दिएर अभिमुखीकरणमा कार्यक्रमको शुभारम्भ गरेको सेनाले जनाएको छ। 
  
अभिमुखीकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीलगायत अन्य विविध विषयहरुमा प्रस्तुतीकरण एवं अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्‍चालन गरिने बताइएको छ।

साथै कोसी टप्पु वन्यजन्तु आरक्ष, धनकुटास्थित निसान भगवतीको मन्दिर र सैनिक आवासीय महाविद्यालय धरानको फिल्ड भिजिटसमेत गराउने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्