Kathmandu Press

सहिद स्मारक फुटबल : खुमलटार विजयी

काठमाडाैं, फागुन २५ : राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ।    ...
सहिद स्मारक फुटबल : खुमलटार विजयी

काठमाडाैं, फागुन २५ : राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ।  
    
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

खुमलटारको जितमा सविन केसी नायक बने। उनले खेलको २९औं मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल साबित भयो। 

जितसँगै खुमलटारले तीन खेलबाट ६ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अंक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्ष स्थानमा रहेको छ। त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ।

यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो। बासबारीले तीन खेलमा १ अंक जोडेको छ।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, फागुन २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्