च्याम्पियन्स लिग : बायर्न र लिभरपुल क्वार्टरफाइनलमा
काठमाडाैं, फागुन २५ : जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको...
काठमाडाैं, फागुन २५ : जर्मन क्लब बायर्न म्युनिख र इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको अन्तिम १६को दोस्रो लेगमा जित निकाल्दै बार्यन र लिभरपुलले अन्तिम ८को यात्रा तय गरेका हुन्।
घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बायर्नले अस्ट्रियन क्लब आबरी साल्जवर्गमाथि ७–१को जित निकाल्यो। बार्यनले पहिलो हाफमा ४ र दोस्रो हाफमा ३ गोल गरेको थियो।
उसको जितमा पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गरे भने थोमस मुलरले दुई तथा सर्ज गनाब्री र लिरोए सानेले पनि एक गोल गरे। साल्जवर्गका मौरिट्स क्रिएरगार्डले गोल गरेका थिए।
योसँगै उसले साल्जबर्गमाथि समग्रमा अन्तिम १६मा ८–२को फाराकिलो जित निकाल्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।
यता, घरेलु मैदानमा पराजित इन्टर मिलानसँग १–०ले पराजित भएपनि लिभरपुल क्वार्टरफाइनलमा पुग्यो । उसले पहिलो लेगमा प्राप्त २–०को जित मद्दतमा इन्टरमाथि समग्रमा २–१को जित निकाल्यो।
एन्डफिल्डमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले ६१औं मिनेटमा गोल गरेका थिए । त्यसको २ मिनेटपछि नै इन्टर १० खेलाडीमा समेटियो । उसका एलेक्सिस सान्चेजले रातो कार्ड पाएका थिए।











