कांग्रेस रौतहटको सभापतिमा सुनिल यादव निर्वाचित
रौतहट, फागुन २५ : नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव (जितेन्द्र) विजयी भएका छन्।डा. शेखर कोइराला समूहका हृदयनारायण राय यादवलाई पराजित गर्दै सुनिल...
रौतहट, फागुन २५ : नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव (जितेन्द्र) विजयी भएका छन्।
डा. शेखर कोइराला समूहका हृदयनारायण राय यादवलाई पराजित गर्दै सुनिल निर्वाचत भएका हुन्। उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहका हुन्।
सभापति निर्वाचित सुनिलले एक हजार ३६२ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी हृदयनारायणले एक हजार ६४ मत पाएका छन्।
त्यस्तै, उपसभापतिमा धिरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कलवार निर्वाचित भएका छन्। सचिवमा राजेशकुमार चौधरी र रामचन्द्र गिरी निर्वाचित भएका छन्।
कांग्रेस निर्वाच समितिका सहसचिवमा फिरोज आलम र सिकेन्द्रप्रसाद पटेल निर्वाचित भएका छन्।
प्रकाशित मिति: ०८:३० बजे, बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












