Kathmandu Press

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पताललाई पाठेघरको चेकजाँच गर्ने मेसीन प्रदान

काठमाडौं, फागुन २४ : ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती सरिता कणेल खनालले मंगलबार   नेपाल एपीएफ...
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा नेपाल एपीएफ अस्पताललाई पाठेघरको चेकजाँच गर्ने मेसीन प्रदान
Hardik ivf

काठमाडौं, फागुन २४ : ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती सरिता कणेल खनालले मंगलबार   नेपाल एपीएफ अस्पताललाई करीब १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेका छन।

उनले सो अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई  उक्त  मेसीन हस्तारन्तरण गरेका हुन।

कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पुर्याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाइ प्रशंसा पत्र समेत प्रदान गरे।
 
अस्पताललाई प्राप्त मेशिनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभाकारी हुने बिश्वास गरिएको छ।

प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्