सेनाका प्रधान सेनापति र रक्षा सचिवद्वारा तराई मधेश द्रुतमार्गको निरिक्षण
काठमाडौं, फागुन २४ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधिन काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाको...काठमाडौं, फागुन २४ : नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधिन काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाको विभिन्न स्थानको स्थलगत निरिक्षण भ्रमण गरेका छन् ।
उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित वेशक्याम्पहरु र सडक खण्डहरुको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएका हुन् ।
निरिक्षण भ्रमणका क्रममा प्रधान सेनापति शर्मा तथा रक्षा सचिव शर्माले निर्माणको गुणस्तर कायम गर्न सम्झौतामा उल्लेख भए मुताविक स्थान विशेषमा नै दुरुस्त ल्याव टेष्टको व्यवस्था गरी निर्माण सामाग्री एवं निर्माण कार्यको गुणस्तर एकिन गर्ने र परियोजनाको निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा अन्तर्राष्ट्रिय परामर्शदातालाई विशेष निर्देशन समेत दिएका थिए ।
उक्त भ्रमणमा नेपाली सेनाका रथीवृन्द, द्रुतमार्ग आयोजनाका अन्य पदाधिकारीहरु लगायत नेपाली सेनाका अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।












