Kathmandu Press

उजामा नाटक ‘शिरीषको फूल’ वाचन

काठमाडौँ, फागुन २४ : थिएटर मल कीर्तिपुर रंगमञ्च र उजामा क्याफेको संयुक्त सहकार्यमा  शिरीषको फूल नामक उपन्यास वाचन भएको छ। नेपाली प्रसिद्ध साहित्यकार ...
उजामा नाटक ‘शिरीषको फूल’ वाचन

काठमाडौँ, फागुन २४ : थिएटर मल कीर्तिपुर रंगमञ्च र उजामा क्याफेको संयुक्त सहकार्यमा  शिरीषको फूल नामक उपन्यास वाचन भएको छ। नेपाली प्रसिद्ध साहित्यकार  पारिजातको यस उपन्यास आगामी फागुन २७ गतेबाट थिएटर मल र्कीतिपुरमा मञ्चन हुँदैछ।

मञ्चन हुनु अघि नाटकको थोरै अंश वाचन तथा निर्देशकीय टोलीसँगको अन्तर्क्रिया कार्यक्रम  भएको थियाे। वाचन कार्यक्रममा  कलाकारले नाटक वाचन गरेका छन्।

Hardik ivf

नाटकका निर्देशक अन्जान प्रदिपले सेलिब्रेटेड नाटक मञ्चन गर्नु आफैमा रिस्क भएकाे बताउँदै नाटककाे सफलता र असफलताभन्दा पनि हाम्राे नाट्य रूपान्तरणकाे प्रयास गरेकाे बताए।

नाटकमा मञ्चन अघि गरिएकाे प्रस्तुती नेपालमा पहिलो पटक हुनसक्ने अनुमान आयोजकको छ।  यद्यपि, यस प्रकारको विधि विदेशमा पनि हुने गरेको  उजामा क्याफेका संचालक तथा कवि  सौरभ कार्कीले बताए।

प्रकाशित मिति: १८:४८ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्