Kathmandu Press

अधिकार र आरक्षणले मात्रै हुँदैन, क्षमता विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडाैं, फागुन २४ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानूनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका...
अधिकार र आरक्षणले मात्रै हुँदैन, क्षमता विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडाैं, फागुन २४ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानूनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका छन।

एक सय १२औँ नारी दिवसका अवसरमा पर्वतमा आयोजित ‘नेपालको संविधानमा महिलाका हकअधिकारको व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता पनि विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका हुन।

Hardik ivf

महिलालाई धेरै वर्षअघि कानूनमा विभेद गरिएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले अहिले संविधान र कानूनमै अधिकारको ग्यारेन्टी भएको बताए। उनले यस्ता अधिकार र आरक्षणबाट माथि उठेर महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्दै जानुपर्ने बताए। 'अब अधिकार र आरक्षणले मात्रै हुँदैन, महिलाले हरेक क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्षमता विकास गर्दै लैजानुस्' उनले भने, 'क्षमताको विकास भएपछि यस्ता आरक्षण चाहिँदैन भनेर प्रतिस्पर्धा गर्ने वातावरण बन्न सक्छ।' उनले आगामी स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख मै प्रतिस्पर्धा गर्न पनि आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले घरबाट नै विभेदको सुरुआत हुने भएकाले महिलाले छोराछोरीलाई सानैबाट समान व्यवहार गर्दै जान सके उनीहरुले पनि विभेदको महसुस नगर्नेतर्फ जोड दिए।

नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदम गिरीले नेपालको संविधान र कानूनमा महिला अधिकारका पक्षमा प्रशस्त व्यवस्था भए पनि त्यसको कार्यान्वयनको अवस्था कमजोर भएको बताए। उनले अहिले महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरेको बताउँदै त्यसलाई बढाउँदै लैजान आवश्यक भएकाे बताए।

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्