Kathmandu Press

काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा संक्रमण...
काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भक्तपुरमा भने संक्रमितको संख्या शून्य रहेको छ। 

Hardik ivf

देशभर भने कुल १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ८ सय ८६ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ४ सय ७४, ललितपुरमा ३ हजार ५८ र भक्तपुरमा ५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मंगलबार देशभर ५ हजार ८ सय ७५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्