Kathmandu Press

अभिनेता पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट पुर्‍याइयाे

काठमाडौं, फागुन २४ : अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थप अनुसन्धानका लागि तनहुँबाट पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको छ।एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको...
अभिनेता पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट पुर्‍याइयाे

काठमाडौं, फागुन २४ : अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थप अनुसन्धानका लागि तनहुँबाट पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको छ।

एक नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनी जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। ती किशोरीले जिल्ला प्रहरी कार्यालय तनहुँमा मात्र नभएर पूर्वी नवलपरासीमा पनि अभिनेता शाहविरुद्ध जाहेरी दिएकी थिइन्।

त्यसकारण थप अनुसन्धानका लागि उनलाई आज (मंगलबार) गैंडाकोट पुर्‍याइएको प्रहरीको भनाइ छ। शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा जाहेरी परेको थियो।। 

जिल्ला अदालत तनहुँले अभिनेता पललाई हिरासतमा राख्न सुरुमा सात दिन दिएको थियाे। साे म्याद गुज्रिएपछि १२ दिनको म्याद थप गरिएकाे छ।

प्रकाशित मिति: १५:३४ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्