Kathmandu Press

कांग्रेस सप्तरीको स्थगित जिल्ला अधिवेशन आज हुँदै

सप्तरी, फागुन २४ : नेपाली कांग्रेस सप्तरीको तीन दिनअघि स्थगित जिल्ला अधिवेशन आज (मंगलबार) हुँदै छ। आज बिहानैबाट नयाँ नेतृत्व चयनका लागि मतदान...
कांग्रेस सप्तरीको स्थगित जिल्ला अधिवेशन आज हुँदै

सप्तरी, फागुन २४ : नेपाली कांग्रेस सप्तरीको तीन दिनअघि स्थगित जिल्ला अधिवेशन आज (मंगलबार) हुँदै छ। आज बिहानैबाट नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको सप्तरी कांग्रेसले जनाएको छ। 

सप्तरीको राजविराजस्थित पब्लिक माविमा मतदान भइरहेको छ। सभापतिका लागि शत्रुधनप्रसाद यादव र रामदेव साह उम्मेदवार रहेका छन्।

गत शनिबार रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा मतदान गर्ने भनिएको थियो। तर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको थियो।

जिल्ला अधिवेशनका लागि कुल २ हजार ५३५ मतदाता रेहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्