Kathmandu Press

पर्यटकीय भवन पुनःनिर्माणका लागि सहयोग

दमक, फागुन २४ : शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलको क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सङ्घीय सांसद एलपी सावा लिम्बूले रु ५१ हजार सहयोग गरेको छ।पर्यटकीयस्थल दोमुखामा दुई...
पर्यटकीय भवन पुनःनिर्माणका लागि सहयोग

दमक, फागुन २४ : शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलको क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सङ्घीय सांसद एलपी सावा लिम्बूले रु ५१ हजार सहयोग गरेको छ।

पर्यटकीयस्थल दोमुखामा दुई साताअघि आगलागीबाट भएको क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि सञ्चालित अभियानको शुभारम्भ गर्दै उनले सो रकम सहयोग गरेका हुन्। 

Hardik ivf

सो अवसरमा सांसद लिम्बूले क्षतिग्रस्त पर्यटकीयस्थल पुनःनिर्माणका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउँदै थप सहयोगकोसमेत प्रतिबद्धता जनाए। 

करिब दुई साताअघि दोमुखास्थित दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठाको एक तले भवनमा बिजुली सर्ट भएर अचानक आगलागी हुँदा सो भवनमा भाडामा होटल सञ्चालन गर्दै आएका सर्वसाधारणलाई समेत ठूलो क्षति बेहोर्नु परेको थियो । आगलागीमा ४३ वर्षीया बालिका भण्डारी र उहाँकी छोरी १४ वर्षीया अस्मिता भण्डारी जलेर घाइते भएका थिए। 

घाइते दुवैको उपचार भइरहेको बताइएको छ । सो भवनमा हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा र डम्बर मगरले होटल सञ्चालन गर्दै आएका थिए। 

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्