Kathmandu Press

निःशुल्क स्वास्थ्य शिविरमा चार हजार ७०० बालबालिका

बैतडी, फागुन २४ : दुर्गम क्षेत्रका बालबालिकालाई  स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले  बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको...
निःशुल्क स्वास्थ्य शिविरमा चार हजार ७०० बालबालिका
Hardik ivf

बैतडी, फागुन २४ : दुर्गम क्षेत्रका बालबालिकालाई  स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले  बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन गरिएको छ। 

स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए। दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक÷एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो।  

शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो।   

प्रकाशित मिति: १३:२९ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्