Kathmandu Press

चीन होइन नेपालले भारतसँग विशेष सम्बन्ध राख्नुपर्छः कर्ण

काठमाडौं, असोज ८ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले नेपालले चीनसँग नभई भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्ने बता....

चीन होइन नेपालले भारतसँग विशेष सम्बन्ध राख्नुपर्छः कर्ण

काठमाडौं, असोज ८ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता लक्ष्मणलाल कर्णले नेपालले चीनसँग नभई भारतसँग विशेष सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भारतसँग खुल्ला सीमाना रहेकाले विशेषखालको सम्बनध राख्नु पर्ने बताएका हुन्। उनले भने,‘भारतमा जति नेपालीहरु छन् सबै काम गरेर बसेका छन्। हामीबीच खुल्ला सीमाना छ। रोटी–बेटीको सम्बन्ध भन्छौं, सदियौंदेखि विशेष सम्बन्ध छ। यसलाई कायम राख्नुपर्छ।’

उनले अहिलेपनि आफूहरुको संविधानप्रति असन्तुष्टि रहेको बताए। तर, संविधानको प्रस्तावनामा आफूहरुको पूर्ण समर्थन रहेको उनको भनाइ छ। उनले भने,‘अधिकारसम्बन्धी असन्तुष्टि छ। मधेसी, दलित, जनजाति, थारु, आदिवासीको अधिकार यो संविधानमा संकुचित छ। तर, संविधानको प्रस्तावनाप्रति हाम्रो असन्तुष्टि होइन। हाम्रो देशमा बहुदलीय शासन पद्धति। हामी एक पार्टीको शासनमा विश्वास गर्दैनौं।’

सरकार गठन संसदीय व्यवस्थामा आधारित रहेको कुरा वर्तमान संविधानको प्रस्तावनाले अंगिकार गरेको सुनाउँदै प्रस्तावनाप्रति आफूहरुको असन्तुष्टि नरहेको कर्णको जिकिर छ। उनले चीनले आफ्नो विकास उसको आफ्नै पद्धतिबाट गरेको होला भन्दै त्यही पद्धति अनुसार नेपालले विकास गर्न नसक्ने जिकिर गरे। 

उनले भने,‘चीनमा एक दलीय प्रणाली छ। यहाँ पनि त्यहीँ गर्न खोजेको हो भने कि त संविधान मान्दिनँ भनेर भन्नुपर्यो। यो हाम्रो धरातल हो। यसैमा नेपाली जनताको आशा छ। यसलाई परिवर्तन गर्ने हो भने अर्कै बाटो हो भनेर भन्न सक्नुपर्छ।’ 
 

प्रकाशित मिति: १८:२१ बजे, बुधबार, असोज ८, २०७६