Kathmandu Press

नेकपाले माफी माग्नुपर्छ : साउद 

काठमाडौं,  असोज ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी) साउदले चिनियाँ कम्युनि....

नेकपाले माफी माग्नुपर्छ : साउद 

काठमाडौं,  असोज ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नारायणप्रसाद (एन.पी) साउदले चिनियाँ कम्युनिष्ट पार्टीसँग गरेको सहमति आपत्तिजनक भएकाले नेकपाले माफी माग्नुपर्ने स्पष्ट पारेका छन्। 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘चीनबाट सत्ता कब्जा कसरी गर्न सकिन्छ भनेर सिक्ने, प्रशासन र पार्टीलाई कसरी नियन्त्रणमा राखेको छ भनेर सिक्नु र चीनको लामो छलाङको अभ्यास प्रशिक्षण लिएको देखिन्छ यो आपत्तिजनक छ। नेकपाले स्पष्टिकरण दिनुपर्छ।’

नेकपाका शीर्ष नेताहरुले नै यो विषयमा गल्ती स्वीकार गरेर क्षमा माग्ने भन्दापनि अर्गाल्याँई गर्ने गरेको उनको आरोप छ। ‘नेकपाका नेताहरुले आफूले लिएको बाटोलाई बचाउ गर्ने खालको अभिव्यक्ति देखियो, यो राम्रो होइन। प्रशिक्षण वा गोष्ठी गर्नु नै गलत थियो,’ उनले भने।

यद्यपि उनले आफूहरु चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले भने,‘उहाँको भ्रमण हुनुपर्छ। कांग्रेस सरकारमा भएको बेलामा पनि उहाँलाई भ्रमणका लागि पटक–पटक निम्ता गरेका थियौ। चीन महत्वपूर्ण मित्र हो। उहाँको भ्रमण मित्रताको आदानप्रदन मात्रै होइन, आर्थिक हिसाबले पनि धेरै राम्रो छ।’

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भैरहेको सम्बन्ध विस्तार गम्भिर भएको उनको टिप्पणी छ। उनले भने,‘नेपालमा नेकपा गठन भएको भर्खरे डेढ दुई वर्ष भएको र नयाँ पार्टी छ। अन्तरसम्बन्ध के हो भन्ने कुरामा गम्भिर प्रश्न उठेको छ। चीनमा कम्युनिष्ट पार्टीको हातमा सरकार छ। नेपालमा सरकार संसदको हातमा छ। पार्टीहरु बहुदलीय व्यवस्थाअनुसार चल्छन्।’ 
 

प्रकाशित मिति: १८:१३ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्