Kathmandu Press

समृद्धिका आधार सिँचाइ : प्रवक्ता डा. महत

त्रिशुली, फागुन २४ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका...
समृद्धिका आधार सिँचाइ : प्रवक्ता डा. महत

त्रिशुली, फागुन २४ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले विकासका पूर्वाधार तथा समृद्धिका आधार भनेकै सिँचाइ कुलो र खानेपानीका धारा भएको बताएका छन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित ‘ठूलोछहरे सानोछहरे कुलो (नहर)’ उद्घाटन गर्दै उनले ठूलो योजनाको निर्माणको थालनी नै साना संरचनामार्फत हुने हुँदा देश विकासका लागि गाँउ–गाँउमा आवश्यक संरचनाको निर्माणमा सरकारले जोड दिनुपर्ने सुझाव दिए।

Hardik ivf

उनले पार्टीले जिम्मेवारी दिएकाले नै काठमाडौँबाट चुनाव उठेको उल्लेख गर्दै अबका दिन नुवाकोटलाई नै कार्यथलो बनाउने उद्घोष गरे। “पार्टीले खटाएअनुसार राजधानी काठमाडौँबाट चुनावमा सहभागिता जनाए पनि विकासका मोडेल गाउँगाउँमा बनाउनुपर्छ, त्यसका लागि म जन्मेको नुवाकोटलाई मुख्य केन्द्रमा राखेर राजनीतिमार्फत देशभर नै सेवा गर्न अगाडि बढ्छु”, उनले भने।

कार्यक्रममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाईँले निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेसँगै कारबाही र जरिवाना तिराएर उपभोक्ता समितिमार्फत काम गरेर सिँचाइ योजना सम्पन्न गरेको जानकारी दिए। उनको अनुसार तीन किलोमिटर लम्बाइको सिँचाइ कुलोमा आवश्यकतानुसार मुहानको बाँध, आरसिसी लाइनिङ, मेसेरेनरी वाल, पाइपलाइनलगायतका संरचना उपभोक्ता समितिको नेतृत्वमा योजनाका लाभग्राही किसानबाट कार्यसम्पन्न गरिएको हो।

निर्माण व्यवसायी र समितिमाफर्त योजना पूरा गर्दा रु एक करोड ७३ लाख लगानी भएको सो अवसरमा जानकारी दिइएको थियो।

प्रकाशित मिति: ०८:४१ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्