Kathmandu Press

मध्यरातमा गाडी तोडफोड गर्ने तीन जना पक्राउ

दमौली, फागुन २४ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा व्यास-५ स्थायी घर भई...
मध्यरातमा गाडी तोडफोड गर्ने तीन जना पक्राउ

दमौली, फागुन २४ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा व्यास-५ स्थायी घर भई व्यास-४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका-३ स्थायी घर भई हाल व्यास-३ का १८ वर्षीय अन्जन पुलामी र व्यास-५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ।

आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १ क २६६३ नंको मिनीट्रकलाई रोकेर चालक रेखबहादुर थापा कुटपिट गरेका थिए। उनीहरुले ट्रकमा ढुङ्गासमेत प्रहार गरी सिसा, हेडलाइड फुटाएका थिए।

घटनालगत्तै फरार उनीहरूलाई प्रहरीले खोजतलास गर्दै जाँदा लु ७२ प १३०६ नंको स्कुटर र प्र०२-००-०००३ प १८९१ नंको मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ।

 

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्