Kathmandu Press

हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ

हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ

काठमाडौं, फागुन २३ : काठमाडौं महानगरपालिका १३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका १९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका ३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका १३ ताहचल बस्ने भारत प्रान्त पश्चिम बङ्गाल दार्जलिङ सिलिगुरी ठेगाना भएका ३२ वर्षीय अमित कुमार अग्रवाल रहेका छन् ।

Hardik ivf

काठमाडौं महानगरपालिका १३ ताहचल डेरा गरी काठमाडौंको मख्खनमा बिमला इन्टरनेशनल प्रालि सञ्चालन गरी नक्कली गर-गहनाको होलसेल कारोबार गरी बस्ने अमित कुमार अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अमित कुमार अग्रवाल बस्ने घरको गेट अगाडि बिकी खड्गीलाई फेला पारी सोधपुछ गर्दा उनले कालीमाटीस्थित जीवनदृष्टी बहुउद्धेश्यीय सहकारी संस्थाबाट ५० लाख रूपैयाँ ल्याई अमित कुमारको कोठामा पुर्‍याइ दिएको बताएपछि अमित कुमारको डेरा तलासी गर्दा नेपाली नगद १ करोड ५० लाख फेला परेको थियो ।

उनीहरूबाट विभिन्न चेक, भौचर प्याड, कारोबार सम्बन्धी विभिन्न कागजातहरू, २ थान ल्यापटप र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: २०:१६ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्