Kathmandu Press

प्रसारण नियमावलीको संशोधनप्रति अनलाइन टिभी संघको आपत्ती 

काठमाडौं, फागुन २३ : सरकारले हालै जारी गरेको राष्ट्रिय प्रसारण नियमावलीको ११औ संशोधनमा थपिएका प्रावधानप्रति अनलाइन टिभी पत्रकार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको...
प्रसारण नियमावलीको संशोधनप्रति अनलाइन टिभी संघको आपत्ती 

काठमाडौं, फागुन २३ : सरकारले हालै जारी गरेको राष्ट्रिय प्रसारण नियमावलीको ११औ संशोधनमा थपिएका प्रावधानप्रति अनलाइन टिभी पत्रकार संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघले आज एक बिज्ञप्ती जारी गर्दै कतिपय प्रावधानप्रति ध्यानाकर्षण भएको भन्दै अनलाइन टिभीलाई व्यवस्थित गर्ने नाममा आम नागरिकले पनि नियमित रुपमा भिडियो पोष्ट गर्नका लागि अनुमति दिनुपर्ने जस्तो अभिव्यक्ति स्वतन्त्रता विपरीतको व्यवस्था प्रविधिको युग र लोकतान्त्रीक शासन व्यवस्थामा हुन नसक्ने प्रष्टाएको हो । 

यद्यपी, इन्टरनेटमा देखिएको विकृति न्यूनिकरणका लागि सरकारले गरेको प्रयास सकारात्मक भएपनि कतिपय प्रावधान भने घातक र अकाल्पनिक भएकोले मान्य नहुने संघको भनाइ छ । 

यस्तै इन्टरनेटको माध्यम आम नागरिकको साझा माध्यम भएकोले त्यो प्रयोग गर्न मै लाइसेन्स लिनुपर्ने मान्यता हास्यास्पद भएको भन्दै संशोधन गर्न समेत माग गरेको छ । 
 

प्रकाशित मिति: २०:०४ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्