Kathmandu Press

जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं, फागुन २३ : उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगीमा गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर, चाबहिल, बालाजु...
जब सेन्टरको नाममा ठगी गर्ने ९ जना पक्राउ

काठमाडौं, फागुन २३ : उपत्यकाको विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगीमा गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर, चाबहिल, बालाजु लगायतका स्थानबाट ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पपक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बानेश्वरस्थित सोसाइटी वेलफेयर फ्यासिलिटिज म्यानेजमेन्ट सर्भिसेस प्रालिका सञ्चालक अमर पाण्डे, तिलकराम पाण्डे, दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक आनन्द मरहठ्ठा, एनएन मल्टिपर्पोज प्रालिका सञ्चालक विवेक यादव, एबिएस जब एण्ड ट्रेनिङ सेन्टर प्रालि र हलेसी सेक्युरिटी सर्भिस प्रालिका सञ्चालक अश्विन राई, कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक घनश्याम पहाडी, काठमाडौं चाबहिलस्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रालिका सञ्चालिका सृजना लामिछाने, कोटेश्वरस्थित क्विकमाण्डु एमपि प्रालिका सञ्चालिका ज्ञानु न्यौपाने र अनमोल जब मल्टिपल प्रालिका सञ्चालक वर्षीय रामवचन कुमार यादव रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचारपम्प्लेटका माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फाराम भर्ने बहानामा ३ सय देखि ५ सय रूपैयाँसम्म फाराम चार्ज तथा १ हजार देखि ६ हजार रूपैयाँसम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको छ । 

प्रकाशित मिति: १९:४१ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्