Kathmandu Press

फागुन २८ देखि १० जिल्लामा हात्तीपाइलेको औषधि खुवाइने

काठमाडाैं, फागुन २३ : हात्तीपाइले रोग निवारणका लागि फागुन २८ देखि विभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ।सोमबार काठमाडौंमा हात्तीपाइले...
फागुन २८ देखि १० जिल्लामा हात्तीपाइलेको औषधि खुवाइने

काठमाडाैं, फागुन २३ : हात्तीपाइले रोग निवारणका लागि फागुन २८ देखि विभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ।

सोमबार काठमाडौंमा हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियानका बारेमा जानकारी दिदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी दिएको हो।

Hardik ivf

महाशाखाले झापा, बारा, लमजुङ, पर्वत र बागलुङ तथा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको महाशाखाका निर्देशक डा. चुम्बनलाल दासले जानकारी दिनुभयो । उहाले हात्तीपाइले रोग निवारणका लागि सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरिने बताए।

नेपालका ६३ जिल्लाबाट सुरु गरिएको औषधी सेवन अभियान ५३ जिल्लामा बन्द गरिसकेको र १० जिल्लामा संक्रमण दर नघटेको पाइएकोले पटक पटक औषधी खुवाउनुपरेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: १८:४८ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्