चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ स्वदेश फिर्ता
काठमाडौं, असोज ८ : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ स्वदेश फर्केका छन्।
सी चिनफिङ विचाधाराबारे ....

काठमाडौं, असोज ८ : चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ स्वदेश फर्केका छन्।
सी चिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर बुधबार सोङ चीन फर्किएका हुन्।
सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका थिए। कार्यक्रममा सहभागी हुन उनी सहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए।
नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी सोमबार नेपाल आएका थिए।











