Kathmandu Press

विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा फेला 

काठमाडौं, फागुन २३ : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ तारबजारस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर नखुलेकी करिब ३२ वर्षीया महिला सोमबार मृत अवस्थामा...
विभिन्न स्थानमा गरी ६ जना मृत अवस्थामा फेला 

काठमाडौं, फागुन २३ : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ तारबजारस्थित कर्णाली नदीको किनारमा हाल नाम, थर नखुलेकी करिब ३२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका ५ शिवनगरस्थित सडकको नालीमा नाम, थर नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

Hardik ivf

यसैगरी, कैलाली, टिकापुर नगरपालिका ५ साईपुरस्थित कर्णाली नदीको किनारमा नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता, नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका ७ सूर्यापुरास्थित नेपाल गण्डक प्राधिकरण जल बिद्युत केन्द्रको जालीमा नाम, थर, नखुलेका करिब ४५ वर्षीय र ३० वर्षीय दुई पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा हाल नाम,थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
 

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्