वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा आर्मी च्याम्पियन
काठमाडाैं, फागुन २३ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ।सेनाले ६...
काठमाडाैं, फागुन २३ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ।
सेनाले ६ स्वर्ण, २ रजत र ६ कास्य पदकका साथ टिम च्यामिपयन बनेको हो। दोस्राे स्थानमा एपिएफ रह्यो। एपिएफले ३ स्वर्ण, ५ रजत र ८ कास्य पदक प्राप्त गर्यो।
तेस्राे स्थानमा रहेको बागमती प्रदेशले ३ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गर्यो। वीर गणेशमान सिंह स्पोर्टस् कमिटि र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला फ्वाईल तर्फ एपिएफकी मन्दिरा थापाले स्वर्ण हात पारिन्।
थापाले फाईनलमा चिरप्रतिद्वन्द्वी सेनाकी रमा सिंहलाई १५–१२ को झिनो अन्तरले पराजित गर्दै रजतमा खुम्च्याईन्। तेश्रो स्थानमा सेनाकी मनिषा राई र बागमतीकी अञ्जु तामाङ्ग रहे।
पुरुषको टिम फ्वाईल तर्फ सेनाले जित हात पार्दै स्वर्ण कब्जा गर्यो । सेनाले बागमतीलाई ४५–२९ ले पराजित गर्दै रजतमा खुम्चन बाध्य बनायो । गण्डकी र एपिएफले कास्य पदक प्राप्त गरे।
यस्तै टिम महिला सावरमा पनि सेनाले स्वर्ण हात पार्यो। फाईनलमा सेनाले एपिएफलाई ४५–३६ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो। बागमती र गण्डकीले कास्य पदक हात पारे।
महिला टिम फ्वाईल तर्फ एपिएफले बागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण प्राप्त गर्यो। एपिएफले बागमतीलाई ४५–३६ अंकले परातिज गरेको हो।
यस्तै यस विधामा सेना र प्रदेश नं. १ ले कास्यमा चित्त बुझाए। पुरुष इपी टिम तर्फ सेनाले एपिएफलाई ४५–४० अंकले पराजित गर्दै स्वर्ण हात पार्यो। तेश्रो स्थानमा गण्डकी प्रदेश र प्रदेश १ रहे।
पुरुष सावर तर्फ एपिएफले स्वर्ण जित्दा बागमतीले रजत पायो । एपिएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण जितेको हो। नेपाली सेना र प्रदेश १ ले कास्य पदक प्राप्त गरे।
तीन दिने प्रतियोगितामा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली सेना, एपिएफ गरि ६ टिमको सहभागिता रहेको थियो। १२ स्वर्ण पदकका लागि ११४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।











