Kathmandu Press

तनहुँमा दक्ष जनशक्तिसहित आधुनिक प्रविधिको बारुणयन्त्रको माग

तनहुँ, फागुन २३ : तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले...
तनहुँमा दक्ष जनशक्तिसहित आधुनिक प्रविधिको बारुणयन्त्रको माग

तनहुँ, फागुन २३ : तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले ज्योति जनरल सप्लायर्स हुँदै नजिक रहेका घरमासमेत क्षति पुग्यो।

आगलागीको केही समयमा व्यास नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुग्यो। छिर्न नमिल्ने साँघुरो गल्ली, मानिसको भीडभाडले गर्दा बारुणयन्त्र प्रयोगमा केही समय बाधासमेत पुग्यो। 

Hardik ivf

आइतबारको घटनाले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा यस्ता घटनामा थप क्षति हुन नदिन दक्ष जनशक्तिसहित आधुनिक प्रविधिको बारुणयन्त्र तयारी गर्नुपर्ने स्थानीयबासीको माग छ।

तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ भन्नुहुन्छ, 'न दक्ष जनशक्ति छ नत बारुणयन्त्र नै, पोखराबाट दुईवटा बारुणयन्त्र नआएको भए ठूलो क्षति हुने रहेछ,' उनले भने। 

स्थानीवासी रजाक मियाँले जिल्लामा पर्याप्त बारुणयन्त्र नभएर अन्यत्रबाट मगाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए। 'सदरमुकाममै यस्तो अवस्था भएपछि भोलि फेरि आगलागीका घटना हुँदा ठूलो क्षति हुनसक्छ, बेलैमा तयारी गर्नुपर्छ,' उनले भने। 

भूपाल हार्डवेयरको टहरा भत्काएर पोखरा, चितवन लगायतबाट मगाइएको बारुणयन्त्र र काठमाडाँैबाट ल्याइएको हेलिकप्टरलेबाट पानी खसालिएको थियो। अधिकांश स्थानीय तहमा बारुणयन्त्र छैन।

बन्दीपुरमा भारत सरकारले बारुणयन्त्र दिए पनि प्रयोगमा नआइकन बिग्रिएको छ।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्