Kathmandu Press

पोल सार्न घुस मागेको आरोपमा मुद्दा

काठमाडौं, फागुन २३ : उपभोक्ताई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोहीकसैलाई पनि राम्रो लाग्दैन।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...
पोल सार्न घुस मागेको आरोपमा मुद्दा
Hardik ivf

काठमाडौं, फागुन २३ : उपभोक्ताई उज्यालो प्रदान गर्ने काममा खटिएका सरकारी कर्मचारीले नै घुस मागे भन्ने सुन्दा कोहीकसैलाई पनि राम्रो लाग्दैन।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि काममा ढिलाइ नगर्न र घुस नलिन कडाइका साथ निर्देशन गरे पनि त्यसको पालना भएको छैन।

बरु पोल सार्ने, क्षमता वृद्धि गर्ने नाममा प्राधिकरणका कर्मचारीले घुस लिन छाडेका छैनन् भन्ने उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाले देखाउँछ। नागरिकलाई उज्यालो दिन बसेका उपभोक्ताकै करबाट तलब भक्ता खाने प्राधिकरणका कुनै एक कर्मचारीको बदमासीका कारण अन्य कर्मचारीसमेत आहात हुनुपर्ने अवस्था सिर्जना भएको छ।
 
आयोगले प्राधिकरणको ग्रिड महाशाखा पाटन ललितपुर सबस्टेसनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्राधिकरणले गाडेको पोल सार्नका लागि सेवाग्राहीसँग रु एक लाख ४० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले पहाडीलाई कार्यालयबाटै पक्राउ गरेको थियो।
 
जीर्ण भएको काठको पोल सार्ने प्रयोजनार्थ पहाडीले सेवाग्राहीसँग घुस मागेको आयोगको दाबी छ। आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो।

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्