Kathmandu Press

बझाङमा केदारस्युँ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो

बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ।प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय...
बझाङमा केदारस्युँ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा पहिलो

बझाङ, फागुन २३ : बझाङका स्थानीय तहमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका प्रथम भएको छ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो। 

Hardik ivf

प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३।६ प्रतिशत अंक पाएको छ। सुर्मा ६९.९३, छविस पाथिभेरा ६९.११, दुर्गाथली ६८.४७, थलारा ६६.८८, तलकोट ६५.७४, साइपाल ६५.४९ र बुंगल नगरपालिकाले ६१.९३ अङ्क पाएका छन् ।

यसैगरी मष्टा गाउँपलिका ५६.६८, जयपृथ्वी नगरपालिका ५६.४९, खप्तडछान्ना गाउँपालिका ५६.१० र वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएका बताइएको छ। जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२.७५ अंक पाएको छ।

यही मूल्यांकनका आधारमा आयोगले आव २०७९÷८० का लागि संघबाट स्थानीय तहमा प्रदान गर्ने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ। 

आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्यांक सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ।

सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतका आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो। स्थानीय तहले गरेका विकास निर्माणका कामका साथै प्रशासन सञ्चालन तथा सुशासनजस्ता विभिन्न विषयको प्रभावकारिताका आधारमा उनीहरुलाई अंक दिने गरिन्छ।

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्