Kathmandu Press

प्रथम राष्ट्रव्यापी खुला स्कुल बक्सिङ चैतमा हुने

काठमाडाैं, फागुन २३ : प्रथम राष्ट्रव्यापी खुला स्कुल ब्वाइज एन्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ।नेपाल बक्सिङ संघ र...
प्रथम राष्ट्रव्यापी खुला स्कुल बक्सिङ चैतमा हुने

काठमाडाैं, फागुन २३ : प्रथम राष्ट्रव्यापी खुला स्कुल ब्वाइज एन्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ।

नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा देशभरका जिल्ला र क्लबका ७० देखि ८० खेलाडीको सहभागिता रहने प्रतियोगीताका संयोजक प्रकाश थापा मगरले जानकारी दिए। विद्यालयदेखि नै खेलाडीको बिकासका लागि प्रतियोगीता महत्वपूर्ण हुने उहाको भनाइ छ।

प्रतियोगितामा ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

पुरुषमा ३५, ३७,४०,४३,४६,४९, ५२, ५५, ५८ र ६१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ३५, ४०, ४३, ४६, ४९, ५२, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्