Kathmandu Press

सरकार छोडेपछि मात्रै समाजवादी पार्टीसँग एकता हुनसक्छः महतो

धनुषा, असोज ८ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि पार्टी एकताका विषयमा....

सरकार छोडेपछि मात्रै समाजवादी पार्टीसँग एकता हुनसक्छः महतो
फाइल

धनुषा, असोज ८ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि पार्टी एकताका विषयमा गम्भीर भएर कुराकानी गर्न सकिने बताएका छन्। 

बुधबार धनुषाको जनपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘सरकारमा पनि बस्ने अनि एकताको कुरा पनि अघि बढाउने भन्ने हुँदैन। सरकार छोडेपछि समानताको आधारमा पार्टी एकता हुनसक्छ।’ सांसद महतोले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि दुई पार्टीबीच एकताको आवश्यकता भने रहेको बताए।

यद्यपि सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण भने नहुन नसक्ने उनले बताए।  ‘जनताको भावनालाई सम्मान गर्न मधेसवादी ६ दलबीच एकीकरण भइसकेको छ। अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्छ,’ उनले भने।

उनले पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भने भइरहेको बताए। ‘एकताका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त छ। देशमा नेपाली कांग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकता पछि सम्भव छ,’ उनले भने।

महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीबीच एकता भइदेओस् भन्ने रहेको बताए। 
 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्