परराष्ट्र मन्त्रालयले अब नियमित पत्रकार सम्मेलन गर्ने
काठमाडौं, फागुन २३ : परराष्ट्र मन्त्रालयले अब नियमित पत्रकार सम्मेलन गर्ने भएको छ।मन्त्रालयले आज (सोमबार) पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री...
काठमाडौं, फागुन २३ : परराष्ट्र मन्त्रालयले अब नियमित पत्रकार सम्मेलन गर्ने भएको छ।
मन्त्रालयले आज (सोमबार) पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्काले अब नियमित रुपमा मन्त्रालयले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए।
उनले पत्रकार सम्मेलनले देशको परराष्ट्र नीति, राष्ट्रिय हितलगायत विषयलाई स्पष्ट पार्न सहयोग पुग्ने दाबी गरे। उनले संविधान र प्रचलित कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रलाई ध्यानमा राखेर पत्रकार सम्मेलन हुने जानकारी दिए।
सोही अवसरमा उनले एमसिसीलगायत विषयमा मन्त्रालयको भूमिका प्रभावकारी रहेको बताए।
प्रकाशित मिति: १५:५८ बजे, सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












