Kathmandu Press

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

काठमाडाैं, फागुन २३ : कानुनले तोकेअनुसारको राजस्व र भन्सार महसुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको...
भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

काठमाडाैं, फागुन २३ : कानुनले तोकेअनुसारको राजस्व र भन्सार महसुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ।

राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो। 

Hardik ivf

विभागले चार जनाविरुद्ध रु चार करोड ४६ लाख ३७ हजार १८४ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ।

पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ।

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ ।विभागले बख्रेल र पन्तसँग  जनही रु एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग रु एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग रु सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ। 

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्