Kathmandu Press

चाँगुनारायणदेखि थानकोटसम्म सार्वजनिक यातायात सुरु

भक्तपुर, फागुन २३ : चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आज (शनिबार) देखि यातायात सेवा सुरु भएको छ।सार्वजनिक यातायातका साधनको...
चाँगुनारायणदेखि थानकोटसम्म सार्वजनिक यातायात सुरु

भक्तपुर, फागुन २३ : चाँगुनारायण नगरपालिका–४ दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आज (शनिबार) देखि यातायात सेवा सुरु भएको छ।

सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौं हुँदै थानकोटसम्म ऋद्धिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन्। 
    
यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जिपिएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताए।

Hardik ivf

नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको बताए। चाँगुनारायणबाट भक्तपुरहुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोलाहुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उनको भनाइ थियो। 

चाँगुनारायणबाट भक्तपुरहुँदै काठमाडौं, जाने र चाँगुनारायणबाटै पेप्सीकोला हुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उनले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताए। 
    
चाँगुनारायणबाट काठमाडौंको मूलपानी चौर, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलङ्की हुँदै थानकोटसम्म जाने र सोही रुटबाट फर्कने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिए।
    
कार्यक्रममा नगरपालिकाका तर्फबाट चाँगुनारायण–४ का वडाध्यक्ष अध्यक्ष बुद्धिलाल महर्जन र ऋद्धिसिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेको थिए।

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्