Kathmandu Press

बुद्ध एयरका यात्रुलाई निःशुल्क पुस्तक उपहार 

काठमाडाैं, फागुन २२ : नारी दिवसको अवसरमा बुद्ध एयरलाइन्सले २५ सय यात्रीलाई पुस्तक उपहार दिने भएको छ।सांग्रिला बुक्स हाउससँगको सहकार्यमा बुद्धले आफ्ना ;सुरूका २५ सय यात्रुहरूलाई...
बुद्ध एयरका यात्रुलाई निःशुल्क पुस्तक उपहार 

काठमाडाैं, फागुन २२ : नारी दिवसको अवसरमा बुद्ध एयरलाइन्सले २५ सय यात्रीलाई पुस्तक उपहार दिने भएको छ।

सांग्रिला बुक्स हाउससँगको सहकार्यमा बुद्धले आफ्ना ;सुरूका २५ सय यात्रुहरूलाई निःशुल्क पुस्तक वितरण गर्ने भएको हाे।

करिब १० लाख रुपैयाँबराबरका ती पुस्तक नेपाली महिला लेखकका विभिन्न विधासँग सम्बन्धित हुने एयरलाइन्सले जनाएकाे छ।  

‘पढ्छन् पनि, उड्छन् पनि’ भन्ने नारासहित यस वर्षको नारी दिवस मनाउने योजना बुद्ध एयरले अघि सारेको सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। 
 

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, फागुन २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्