Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- एक टुक्रो जमिन पनि बाँझो नराख्नुस्

काठमाडौं, असोज ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमिन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–का....

प्रधानमन्त्री ओलीले भने- एक टुक्रो जमिन पनि बाँझो नराख्नुस्

काठमाडौं, असोज ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमिन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीकरण र व्यवसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए।

‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाई जमिन, सिँचाई र उत्पादनबारे राम्रोसँग थाहा छ,’ प्रधानमन्त्री ओलीले भने,‘ सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमाम पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।’

सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा धेरै उत्पादन गरी बजारीकरणहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नु पर्ने उनले बताए। सरकारले कृषि क्षेत्रलाई दिने अनुदान र राहतमा निरन्तरता दिने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने जानकारी दिए।

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यत:  बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे।

उनले भने,‘विश्वमै नयाँ ढङ्गको एकताबद्ध र अनुशासित कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ। अब कोही गरिब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानव जातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिङ्गै समाजलाई उठाउन हामी लागेका छौँ।’
 

प्रकाशित मिति: १६:०४ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्