Kathmandu Press

शेयरधनीलाई नौ वाणिज्य बैंकको यस्तो छ दशैं बोनस

काठमाडौं, असोज ८ : दशैं अगाडि २७ वाणिज्य बैंकमध्ये ९ बैंकले बोनस घोषणा गरेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत २७ मध....

शेयरधनीलाई नौ वाणिज्य बैंकको यस्तो छ दशैं बोनस

काठमाडौं, असोज ८ : दशैं अगाडि २७ वाणिज्य बैंकमध्ये ९ बैंकले बोनस घोषणा गरेका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत २७ मध्ये नौ वटा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन्। १८ वटा बैंकले घोषणा गर्न बाँकी छ। एभरेष्ट, इन्भेष्टमेन्ट, हिमायल, मेगा, नविल, प्रभुलगायत बैंकले लाभांश घोषणा गरेका छैनन्।

लाभांश प्रस्ताव गर्नेमा सवैभन्दा धेरै सिद्धार्थ बैंकले नगद र बोनस सेयर गरेर २५.२६ प्रतिशत घोषणा गरेको छ। सिद्धार्थले १५.२६ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो।

सिटिजन्स बैंकका सेयरधनीले भने दशैं अगाडिनै लाभांश पाउने भएका छन्। सिटिजन्स बैंकले नगद र बोनस गरेर १५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ।

सबैभन्दा कम भने कुमारी बैंकको रहेको छ। कुमारीले १२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ६ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर घोषणा गरेको हो।

सानिमा बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद गरी २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

त्यस्तै, सनराइज बैंकले १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस र ५.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैंक अफ काठमान्डुले आफ्नो शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

यस्तै, माछापुच्छ्र्रेले ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

एनआइसी एसिया बैंकले २१ प्रतिशत लाभांश दिने भएको छ। जसमा ११ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो।

प्रकाशित मिति: १४:११ बजे, बुधबार, असोज ८, २०७६