Kathmandu Press

परम्पराका नाममा हुने अन्यायलाई इतिहास बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, फागुन २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्यायलाई इतिहास बनाउनुपर्ने बताएकी छन। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सारा डेभिन्सन...
परम्पराका नाममा हुने अन्यायलाई इतिहास बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडाैं, फागुन २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्यायलाई इतिहास बनाउनुपर्ने बताएकी छन। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सारा डेभिन्सन ट्रेसीद्वारा लिखित ‘नो लङ्गर अनटचेवल’ पुस्तकको समर्पण समारोहमा राष्ट्रपति भण्डारीले परम्पराका नाममा हुने अन्याय वा कुप्रथा उन्मूलन गर्न समुदाय नै सक्रिय हुनुपर्ने बताइन।

राष्ट्रपति भण्डारीले वादी समुदायमा रहेका विभेद अन्त्य गर्न राज्यका सबै अङ्गको महत्वपूर्ण भूमिका रहेको बताउदै ती विभेदविरुद्ध बनेको कानुनको पूर्ण परिपालन हुनुपर्नेमा जोड दिइन। त्यस्तै यो समुदायको उत्थानमा जागरण, शिक्षा, आर्थिक क्षेत्रमा समान सहभागिताजस्ता क्षेत्रमा पहुँच प¥याई सहयोग गर्नुपर्नेमा उनको जोड थियो।

Hardik ivf

सामाजिक विभेद अन्त्यका लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रम स्थानीय तहमा पुर्‍याउने र समुदायस्तरका छलफलबाट प्राप्त सुझाव नीतिगत तहमा ल्याउन सबैको सार्थक प्रयास आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ। समाजमा कायमै रहेको असमानाताको अन्त्य गर्न आवश्यक नीति र कानुनको निर्माण गर्दै प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायले ध्यान दिनुपर्ने उनको सुझाव छ।

देवीसरा हन्ना वादीलगायत पाँच वादी समुदायका महिलाका बारेमा लेखिएको पुस्तक गत जनवरी ३१ मा भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो। अमेजनमा फेब्रुअरी १ मा सो पुस्तक सबैभन्दा धेरै बिक्री हुनेमा समेत परेको पुस्तककी लेखिका ट्रेसीले बताइन। पुस्तकले वादी समुदायकी भएकै कारण हामीले समाजमा भोग्नुपरेको असमानता र पीडा पुस्तकले चित्रण गरेको पुस्तका मुख्यपात्र देवीसरा वादी बताउछिन।

‘ज्योतिको घर नेपाल’ नामक संस्थाले वादी समुदायको उत्थानमा महत्वपूर्ण योगदान गर्दै आएको छ। संस्थाले लामो समयदेखि वादी समुदायमा रहेको परम्परागत समस्या समाधानमा विशेष पहल गर्दै आएको यसका संस्थापक राजु सुन्दासले बताए।

प्रकाशित मिति: २०:४२ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्