Kathmandu Press

सार्वजनिक यातायातको भाडा आफै बढाउने यातायात व्यवसायीको चेतावनी

सार्वजनिक यातायातको भाडा आफै बढाउने यातायात व्यवसायीको चेतावनी

काठमाडाैं, फागुन २१ : पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएका छन्।

आइतबार पत्रकारसँग कुरा गर्दै महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिएका हुन्।

Hardik ivf

उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेअनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने माग गरे।

उनले महासंघको बैठक बसेर २५ फागुनसम्म  सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिए। उनले २५ फागुनभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने पनि बताए ।

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्