Kathmandu Press

प्रहरी जवानद्वारा आफैलाई गोली हानेर आत्महत्या प्रयास

कैलाली, फागुन २२ : कैलालीस्थित प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन्।प्रहरी जवान झंकर बोहराले शनिबार राति ड्युटीमा रहेका...
प्रहरी जवानद्वारा आफैलाई गोली हानेर आत्महत्या प्रयास

कैलाली, फागुन २२ : कैलालीस्थित प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक प्रहरी जवानले आत्महत्याको प्रयास गरेका छन्।

प्रहरी जवान झंकर बोहराले शनिबार राति ड्युटीमा रहेका बेला आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चिउडोमा गोली घाइते भएका उनलाई नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं लगिएको जनाइएको छ। 

प्रहरीका अनुसार अस्पतालमा उपचाररत उनी खतरामुक्त छन्।

प्रकाशित मिति: १८:५२ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्