Kathmandu Press

उच्चस्तरिय राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ 

काठमाडौं, फागुन २२  : रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम (Advanced Course on...
उच्चस्तरिय राष्ट्रिय सुरक्षा तालिमको शुभारम्भ 

काठमाडौं, फागुन २२  : रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सि.सं. ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम (Advanced Course on National Security)  को शुभारम्भ भएको छ । 

आज शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा भएको कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरेका हुन् । 

Hardik ivf

समारोहमा रक्षा सचिव शर्माले तालिममा सहभागी हुन छनौट भएका सबै वरिष्ठ अधिकारीहरूलाई बधाई दिनु हुँदै राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रूपमा आयोजना गरेको यस प्रकारको उच्च तहको तालिमले राष्ट्रिय रणनीतिक योजना तथा नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने तथा राष्ट्रिय सुरक्षाका लागि जनता र सुरक्षासँग सम्बन्धित निकायहरूबीचको समझदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य राखेका थिए । चैत्र ११ गतेसम्म सञ्चालन हुने यस तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय एवं नेपाल रेडक्रसका वरिष्ठ अधिकारीहरु र संचारकर्मीहरु गरी जम्मा २७ जनाको सहभागिता रहेको छ ।
 

प्रकाशित मिति: १८:३५ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्