Kathmandu Press

होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एकजना पक्राउ

धरान, फागुन २२ : धरान उपमहानगरपालिका-१८ स्थित न्यु कान्तिपुर होटलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेकाे आरोपमा एकजना पक्राउ परेका छन्।हत्याको पाँच दिनपछि हत्यामा...
होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एकजना पक्राउ

धरान, फागुन २२ : धरान उपमहानगरपालिका-१८ स्थित न्यु कान्तिपुर होटलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेकाे आरोपमा एकजना पक्राउ परेका छन्।

हत्याको पाँच दिनपछि हत्यामा संलग्न रहेको आरोपमा धनकुटाका पाख्रिवास नगरपालिका ६ का २४ वर्षीय रामबहादुर जीवन भनिने विनेश रानामगर लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

गत मंगलबार उक्त होटलको १०९ नम्बर कोठामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ की ३९ वर्षीया सुमित्रा तामाङको शव भेटिएको थियो। उनलाई प्रेमी भनिएका विनेशले दुई दिन होटलमा सँगै राखेर हत्या गरी फरार भएको प्हरीको भनाइ छ। विनेशलाई प्रहरीले पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको हो। 

उनलाई शनिबार धनकुटाको पाख्रिवासस्थित उनकै ससुरालीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। विनेशलाई प्रहरी हिरासतमा राखेर कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको बताइएको छ। 

पति नर्बु तामाङ वैदेशिक रोजगारीमा ब्रुनाईमा भएकी सुमित्रा इटहरीमा छोराछोरी लिएर बस्दै आएकी थिइन्। उनी सिटी सफारी चलाउँथिन्। सोही क्रममा विनेशसँग प्रेमसम्बन्धमा रहेको खुल्न आएको जनाइएको छ।

उनीहरूको सम्बन्धमा खटपट आएपछि हत्याको घटना भएको प्रारम्भिक अनुसन्धानबाट प्हरीले जनाएको छ। विनेशले होटलको कोठा थुनेर कुटपिट गरी घाँटी थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्हरीको भनाइ छ।

प्रकाशित मिति: १८:१४ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्