पोखरामा सोमबार सार्वजनिक बिदा
काठमाडौं, फागुन २२ : पोखरा महानगरपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको आज ७८...
काठमाडौं, फागुन २२ : पोखरा महानगरपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ ।
तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको आज ७८ वर्षको उमेरमा निधन भएको शोकमा महानगरले एक दिन बिदा दिने निर्णय गरेको हो ।
सोमबार पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू शोक विदाको रूपमा बन्द रहने छन् ।
उनको उपचारका क्रममा आज काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।
प्रकाशित मिति: १८:१० बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












