Kathmandu Press

रञ्जना स्याङ्बोलाई १४औं मिस तामाङको उपाधि

काठमाडौं, फागुन २२ : सोलुखुम्बुकी रञ्जना स्याङ्बोले १४औं मिस तामाङको उपाधि जितेकी छन्। शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज...
रञ्जना स्याङ्बोलाई १४औं मिस तामाङको उपाधि

काठमाडौं, फागुन २२ : सोलुखुम्बुकी रञ्जना स्याङ्बोले १४औं मिस तामाङको उपाधि जितेकी छन्। 

शनिबार राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज जितेकी हुन्। उनले एक लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छन्। 

एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा पूजा तामाङ फस्ट रनरअप, डिजी लोप्चन सेकेन्ड रनरअप र प्रकृति पाख्रिन थर्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए।

तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिंकी घिसिङ, पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए।

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्