Kathmandu Press

'राज्यका हरेक संरचनामा महिलाको समान अधिकार सुनिश्चित गर्नुपर्छ'

काठमाडाैं, फागुन २२ : महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्दै राज्यका हरेक संरचनामा उनीहरुको समान अधिकारको सुनिश्चितता बढाउनुपर्ने सुझाव दिइएकाे छ।११२औँ अन्तर्राष्ट्रिय महिला...
'राज्यका हरेक संरचनामा महिलाको समान अधिकार सुनिश्चित गर्नुपर्छ'

काठमाडाैं, फागुन २२ : महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्दै राज्यका हरेक संरचनामा उनीहरुको समान अधिकारको सुनिश्चितता बढाउनुपर्ने सुझाव दिइएकाे छ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला सुरक्षा दबाब समूले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुले लैंगिक समानताका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका हरेक संरचनामा न्यायपूर्ण सहभागिता हुनुपर्ने बताएका हुन्।

Hardik ivf

साथै उनीहरुले महिला अधिकारको सुनिश्चिताका लागि राज्य गम्भीर हुनुपर्ने समेत बताए। कार्यक्रममा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला अधिकारका सबै मुद्दा  नसकिएको राज्यलाई सदैव झकझकाउनुपर्ने बताए। उनले अहिलेको अवसरलाई सदुपयोग गर्दै राज्यको विभिन्न तहमा सहभागिताका साथ नेतृत्व विकास गर्नुपर्ने धारणा पनि राखे।

सन् १९११ मा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो। संयुक्त राष्ट्र संघले सन् १९७७ मा ८ मार्चका दिन प्रत्येक वर्ष सो दिवव मनाउने आधिकारिक रुपमा निर्णय गरेको थियो। सोहीअनुरुम प्रत्येक वर्ष ८ मार्च का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको छ।

प्रकाशित मिति: १७:२७ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्