Kathmandu Press

प्रभा एल्मुनाईको अध्यक्षमा गोकुल गौतम

काभ्रेपलाञ्चोक, फागुन २२ : काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-६ मा अवस्थित प्रभा माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संगठन प्रभा एल्मुनाईले गोकुल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति...
प्रभा एल्मुनाईको अध्यक्षमा गोकुल गौतम

काभ्रेपलाञ्चोक, फागुन २२ : काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-६ मा अवस्थित प्रभा माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुको संगठन प्रभा एल्मुनाईले गोकुल गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

शनिबार राजधानीमा आयोजित साधारणसभाले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा वीणा श्रेष्ठ, सुकप्रसाद चौलागाई, नारायण गौतम (केशरी), किशोरराज गिरी र रुद्रप्रसाद गौतम, महासचिवमा निर्मलप्रसाद हुमागाई, सचिवमा राजेश गौतम, कोषाध्यक्षमा विष्णुराज गिरी र सहकोषाध्यक्षमा परीक्षा चौलागाई चयन भएका छन्।

यस्तै सदस्यहरुमा छविलाल तिवारी, सुनिल कुमार गौतम, होम प्रसाद गौतम (मुकुन्द), उमेश चौलागाईं, दीपेन्द्र चौलागाई, राजेन्द्र गौतम, शुभद्रा पौडेल, पदम गौतम, अर्जुन हुमागाई, यादव राज गिरी, ढकप्रसाद चौलागाई, अर्जुन राज गिरी, रवीन्द्र हुमागाई, सुजन चौलागाईं र राजकुमार गौतम चयन भए।

Hardik ivf

‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल लक्ष्य लिएर स्थापित संस्थालाई अबकोे कार्यकालमा विद्यालयमा अध्ययन गरी देश तथा विदेशमा रहेकालाई संस्थामा आबद्ध गराउँदै विद्यालयको शैक्षिक उन्नतिका साथै गाउँ र ठाउँको सेवासमृद्धिको पक्षमा निरन्तर लाग्ने नवनिर्वाचित अध्यक्ष गौतमले बताए।

विद्यालयको शैक्षिक स्थोन्नरतिका लागि सहयोग, शैक्षिक सामाग्री वितरण, छात्रवृत्तिलगायत विभिन्न सामाजिक कार्यमा संलग्न एल्मुनाईले विपत्तिको समयमा छिमेकी जिल्लासम्म पुगेर राहत वितरणसमेत गरेको थियो। ‘आगामी दिनमा उक्त भेगको शैक्षिक क्षेत्रसँगै सामाजिक कार्यमा पनि संस्थालाई थप जिम्मेवार ढंगमा संलग्न गराउनेछौं,’ गौतमले भने।

प्रभा बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख चूँडाप्रसाद चौलागाईंको प्रमुख आतिथ्य तथा एल्मुनाईका अध्यक्ष विकु लामाको सभापतित्वमा सम्पन्न्न साधारणसभामा एल्मुनाईका सल्लाहकार तथा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका पूर्वमहानिर्देशक डा. नारायणप्रसाद चौलागाईं, सल्लाहकार तथा पूर्वसचिव यज्ञ गौतम, नेत्रप्रसाद गौतम, सिर्जनशील माविका पूर्वप्रधानाध्यापक घटुज राज गिरी, जागृति माविका पूर्वप्राध्यानाध्यापक गुण प्रसाद गौतम र एलम्मुनाइका संस्थापक अध्यक्ष झम्कप्रसाद चौलागाईको आतिथ्य रहेको थियो। कार्यक्रम संस्थाका महासचिव जितराम लामाले संचालन गरेका थिए।  

२०१० सालमा स्थापित यो विद्यालय जिल्लाकै अग्रणी शैक्षिक धरोहरका साथै मुलुककै पुरानो र उत्कृष्ट मध्येको एक विद्यालय हो। २०२८ मा पहिलोपटक एसएलसी परीक्षामा सहभागिता जनाएको प्रभा माविबाट हालसम्म ४९ ब्याचले एसएलसीमा सहभागिता जनाइसकेका छन्।

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्