Kathmandu Press

नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा  हुने

काठमाडाैं, फागुन २२ : नेपाल छन्त्याल संघको साताैं राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ। आगामी चैत २५ र २६ गते बेनीमा हुने...
नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा  हुने

काठमाडाैं, फागुन २२ : नेपाल छन्त्याल संघको साताैं राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ। आगामी चैत २५ र २६ गते बेनीमा हुने छन्त्याल सङ्घको महाधिवेशनको तयारीलाई तीव्रता दिइएको सङ्घका केन्द्रीय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिए। 

उनका अनुसार, सांस्कृतिक झाँकीसहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुनेछ। विभिन्न ११ जिल्लाबाट आउने ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुनेछन्। संघमातहतका सबै समितिको अधिवेशन सकिएको र फागुन २८ गतेभित्र प्रतिनिधि चयनको काम सक्न निर्देशन दिइएको अध्यक्ष छन्त्यालले बताए। 

Hardik ivf

संघका अध्यक्ष मोहन छन्त्याल, महासचिव बलमान छन्त्याल, कोषाध्यक्ष शिवप्रसाद छन्त्याल, म्याग्दीका जिल्ला अध्यक्ष रेशम छन्त्याल, सचिव मनबहादुर छन्त्याल, छन्त्याल विद्यार्थी संघका केन्द्रीय सदस्य अमर छन्त्याल लगायतको टोलीले शनिबार बेनीमा कार्यक्रम गर्ने स्थलको छनोटसमेत गरिसकेको छ।

विभिन्न स्थानको स्थलगत निरीक्षण पश्चात् जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन र बन्द सत्रको कार्यक्रम गर्ने तय भएको महासचिव छन्त्यालले जानकारी दिए।

छन्त्यालको अध्यक्षतामा महाधिवेशन मूलआयोजक समिति  र ८ वटा विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्रता दिइएको सङ्घले जनाएको छ।

प्रकाशित मिति: १६:२० बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्