Kathmandu Press

फुटबल समर्थकबीच झडप हुँदा मेक्सिकोमा २२ जना घाइते

फुटबल समर्थकबीच झडप हुँदा मेक्सिकोमा २२ जना घाइते

मेक्सिको सिटी, फागुन २२ : मेक्सिकोमा फुटबल खेल भइरहेका बेला शनिबार दुई टोलीका प्रशंसकबीच झडप हुँदा २२ जना घाइते भएका छन्।

फुटबल मैदानमै झडप भएपछि खेल रद्द गरिएको थियो। क्वेरेटारो सहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीच  ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को ६३औं मिनेट चल्दै गर्दा झगडा सुरु भएको थियो।

सुरक्षा गार्डहरूले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोहीकोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ।

मानिसको मृत्यु भएको कुनै समाचार प्राप्त नभए पनि २२ जना घाइते र तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ। 

क्वेरेटारो क्लबले एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गरेर र हिंसामा जिम्मेवार जोकोहीविरुद्ध कडा कारबाही माग गरेको छ।

प्रकाशित मिति: १५:४० बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्