Kathmandu Press

करापुटार डढुवा सडकखण्ड ढलान हुँदै

लमजुङ, फागुन २२ : यहाँ करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकखण्डअन्तर्गत करापुटार डढुवा सडकखण्डमा आरसिसी ढलानको काम अघि बढाइएको छ। मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस...
करापुटार डढुवा सडकखण्ड ढलान हुँदै

लमजुङ, फागुन २२ : यहाँ करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकखण्डअन्तर्गत करापुटार डढुवा सडकखण्डमा आरसिसी ढलानको काम अघि बढाइएको छ। मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस सडकखण्डअन्तर्गत मध्यनेपाल–७ करापुटारदेखि वडा नं ८ डढुवासम्मको नौ किमी ढलान कार्य अघि बढेको हो। 

सडक ढलान गर्नका लागि गण्डकी प्रदेश सरकारको रु ३१ करोड २३ लाख ३० हजार २६९ लागतमा निर्माण कार्य अघि बढेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल सडकको पर्खाल लगाउने, नाली बनाउने, कटिङ गर्नेलगायतका कार्य भइरहेको छ। नौ किमी ढलान हुने यस सडकखण्डको जङ्गल रहेको चार किमीमा सडकको चौडाइ चार मिटर ढलान हुने र अरु बाँकी भागमा पाँच मिटर ढलान हुने तथा ढलान मोटाइ भने २० सेन्टिमिटरको हुने पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर राजेश अधिकारीले बताए। 

Hardik ivf

उनका अनुसार रसुवा जयदम्बा जेभी धादिङले विसं २०७८ असोज १३ मा निर्माणको सम्झौता गर्दै दुई वर्षमा सक्ने छ । हालसम्म यस सडकखण्डको कार्य आठ प्रतिशत मात्र सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

त्यस्तै यस करापुटार–डढुवा–साल्मे भञ्ज्याङ सडकअन्तर्गत नै ढलान हुने उक्त डढुवादेखि साल्मेसम्मको सडकखण्ड स्तरोन्नति कार्य भइरहेको छ । करिब आठ किमी सडकखण्डमा ग्राभेल, नाली, तारजाली, मेशिनरी पर्खाल, बाटो चौडाइ गर्ने कार्य भइहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

प्रदेश सरकारकै लगानीमा रु १७ करोड १५ लाख ४१ हजार ४५४ भ्याटसहित मोतिदान कम्पनीले सडक स्तरोन्नतिको जिम्मा लिएको छ । नालासहित आठ मिटर चौडाइको सडकखण्ड हुने भएको छ। यसको निर्माण अवधि दुई वर्षको भए पनि समय सकिसके पनि काम भने सम्पन्न भएको छैन । हालसम्म ७५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको पूर्वाधार ईञ्जिनीयर अधिकारीले बताए। 
 
निर्माण सम्झौता गरेअनुसार म्याद यही फागुन ६ गतेसम्म रहेको थियो । शुक्रबार म्याद थप गर्दै आगामी असारभित्रमा सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको छ । यहाँ सडक स्तरोन्नति र ढलान हुन लागेपछि स्थानीय हर्षित भएका छन् । ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय सहजरुपमा र केही समयसमेत छोटिने भएको छ।  

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्