Kathmandu Press

करेन्ट लागेर श्रीमानश्रीमतीसहित तीन जनाको मृत्यु

धनुषा, असोज ८ : फ्रिजबाट करेन्ट लागेर धनुषामा होटल संचालकसहित तीन जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ न....

करेन्ट लागेर श्रीमानश्रीमतीसहित तीन जनाको मृत्यु

धनुषा, असोज ८ : फ्रिजबाट करेन्ट लागेर धनुषामा होटल संचालकसहित तीन जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलका संचालक शिवकुमार महताको मृत्यु भएको हो। उनकी पत्नी र होटलमा काम गर्ने एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको नाम खुलेको छैन।

बिहानै होटल सञ्चालक महतोकी आमाले ढोका खोल्दा तीनै जनालाई मृत अवस्थामा देखेपछि स्थानीयलाई गुहारेकी थिइन्। तीनै जना होटलमा राखिएको फ्रिज नजिकै मृत अवस्थामा भेटिएपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो।

अहिले इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। (रासस)

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्