Kathmandu Press

अन्तिम चरणमा रुदिखोला मोटरेवल पुल

लमजुङ, फागुन २२ : रुदिखोला मोटरेवल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। लमजुङ क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा निर्माण भइरहेको पुलको काम पाँच प्रतिशत मात्र बाँकी...
अन्तिम चरणमा रुदिखोला मोटरेवल पुल
Hardik ivf

लमजुङ, फागुन २२ : रुदिखोला मोटरेवल पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। लमजुङ क्व्होलासोथार गाउँपालिका–६ पसगाउँमा निर्माण भइरहेको पुलको काम पाँच प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। वडा नं ५को सिङ्दी, वडा नं ६ को पसगाउँ र कास्कीको मादी गाउँपालिका वडा नं ८ जोड्ने उक्त पुल  यही फागुन महिनाभित्र सम्पन्न हुने उक्त  कार्यालयका इञ्जिनीयर लोकेस राईले जानकारी दिए। 

उनका अनुसार अब पुलमा रङ्गरोगन गर्नेलगायत काम मात्र बाँकी रहेकाले यसै महिनाभित्रमा सम्पन्न हुने उनको भनाइ थियो । विसंं २०७७ भदौ १४ गते बोलपत्र गरेर  निर्माण अघि बढाइएको उक्त पुल आगामी चैत १३ गते सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समय अगावै निर्माणकार्य सम्पन्न हुने भएको छ। 

प्रदेश सरकारको रु दुई करोड ८० लाख ६६ हजार ७४५को लागतमा निर्माण भइरहेको उक्त पुल निर्माण पछि दुबै जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन्। 

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्